अध्यक्ष यादव महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन

Logo
प्रकाशित शुक्रबार, जेठ ११, २०८१

विराटनगर जैठ १०गते।जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन भएका छन।
बिहिबार विराटनगरकाे महेन्द्र पार्टी पालेसमा प्रतिनिधि छनाेैट कार्यक्रमबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ५ बाट जसपा नेपालका अध्यक्ष यादव सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन।अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा सर्व सम्मत निर्बिरोध चयन भएकोमा सम्पूर्ण पार्टी पंक्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिएसोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेश प्रसाद सिंह गनगाई ,भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंह लगायत पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन।
जसपा नेपालको प्रथम राष्ट्रीय एकता महाधिवेशन यही जेष्ठ २८, २९ र ३० गते जनकपुरमा सम्पन्न हुनेभएको छ। अहिले देशैभरीबाट महाधिवेशनका लागी प्रतिनिधि चयन कार्य । महाधिवेशनमा एक सय भन्दाबढ़ी निर्वाचित प्रतिनिधि सहभागी हुने साेपार्टीले जनाएकाे छ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा क्षेत्रीय भेला कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादले आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति  नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताउनुभएकाे छ। उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरुले अर्को पार्टी गठन गरेका थिए।
अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने दावी गर्दै उनले अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारेका थिए ।राजनैतिकरूपमा हामीले तुलनात्मकरूपमा धेरै परिवर्तन हरू हासिलगर्न सफल भएतापनि सामाजिक र आर्थिक रूपान्तरण हुननसकेकाे उनले वताए। साेभेलामाजसपाका प्रदेशसचिव अनिलकुमार ठाकुर, जिल्ला अध्यक्ष राजकुमा यादव, सदिना खातु,केन्द्रीय सदस्य अर्जुनथापा,जयराम यादन,सुरेश प्रसाद सिंह गनगाई,लगायतका नेताहरूले उपस्थिति रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]