दुर्व्यवहार गर्ने ३ जना नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले गरे कारवाही ।

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

विराटनगर अशाेज २ जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश समितिका उपाध्यक्ष तथा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गर्ने ३ जना नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले कारवाही गरेको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मंगलबार विज्ञप्ति जारी गरेर नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान विक्रम श्रेष्ठ र बब्लु केशरीलाई नगर प्रहरी सेवाबाट हटाइएको एक विज्ञप्ति जारीगरेर जानकारी गराएको हाे।

जनता समाजवादी पार्टी नेपालले विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलको नेतृत्वमा गठन भएकाे वार्ता समिति र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिच दुई चरणमा वार्ता भएको थियो । महानगर पालिकाका मेयर कोइरालाले असोज २ गते भित्र घटनामा संलग्न नगर प्रहरीलाई कारवाही गर्ने सहमति भएकाे थियो । मेयर कोइरालाले गरेको सहमति पालना गर्दै दिएकाे समय सिमा भित्र ३ जना नगर प्रहरीलाई कारवाही गरेको छ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]