लामो समय संघर्ष गरेकाहरू अहिले कुशासन बोकेर हिँडिरहेका छाै ः अध्यक्ष यादवकाे भनाई

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

विराटनगर भदौ २५ प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुशासनका लागि लामो समय संघर्ष गरेकाहरू अहिले कुशासन बोकेर हिँडिरहेको बताएका छन् ।अध्यक्ष यादवले विकास, समृद्धि र सुशासनको लक्ष्य प्राप्त गरेर राजनीतिक स्थिरता कायम गर्दै राजनीतिक, सामाजिक असमानता अन्त्यका लागि मोर्चा गठन गरिएको बताउनु भएकाे छ  । ´खुद्रे विषयमा नअलझि देशलाई निकास दिन र राष्ट्रिय समस्या समाधानका लागि प्रधानमन्त्रीलाई समाजवादी मोर्चाको आड र कांग्रेसको साथरहेकाे छ,` उनले भने, ´स्वार्थी समूहबाट जोगाएर तोकिएकै समयमा योजनाहरूको काम सम्पन्न गर्न सकिए मात्रै मुलुकमा आर्थिक समृद्धि सम्भव रहेकाे जिकिर गर्दै विगत ३० वर्षदेखि यी यस्तै कारणले कुनैपनि योजना समयमा सम्पन्न हुन नसकेकाले कहाँबाट समृद्धि आउँछ ?`उनकाे भनाई रहेकाे थियो ।
समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष यादवले १६ वर्षमा १३ वटा शासन र सत्ताको खेपमा लागेर सरकार फेर्दै कुशासन अंगालेको अवस्थाबाट मुलुकलाई निकास दिन मोर्चा गठन गरेर अघि बढेको बताएका हुन् ।
प्रदेशको नामकरणको विषयमा जनता आक्रोशित बनेकाले समाधान प्रधानमन्त्रीले खोज्नुपर्ने उनले ध्यानाकर्षण गराएका थिए । जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि समाप्त गर्न चाहनेलाई जवाफ दिन मोर्चा गठन भएको उनको भनाइ रहेकाथियो ।
प्रदेशको नामकरणको विषयमा जनता आक्रोशित बनेकाले समाधान प्रधानमन्त्रीले खोज्नुपर्ने उनले ध्यानाकर्षण गराए । जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि समाप्त गर्न चाहनेलाई जवाफ दिन मोर्चा गठन भएको उनको भनाइ थियो ।सत्ता टिकाउने खेल, सरकार बनाउन र गिराउने खेलमा लागेर आर्थिक वृद्धिदर लक्ष्य प्राप्त गर्न सकेका छैनौँ,` उनले भने, ´सुशासनका लागि संघर्ष गर्दै हिँडिरहँदा कुशासन बोकेर हिँडिरहेका छौँ ।`शिक्षाको क्षेत्र धारा शाही भएको, कृषि, स्वास्थ्य, उद्योगधन्दा भएर ठूलो जनशक्ति विदेशमा गएर चर्को घाममा खुनपसिना बगाइरहेका छन्,` अध्यक्ष यादवले भने, ´नेपालमा जताततै अराजकता बढ्दै गएको र संविधानले ग्यारेन्टी गरेको आधारभूत आवश्यक्ता सरकारले प्रत्याभूत गराउन सकेको छैन ।`साे विषयमा सरकाले गमभिरताकासथ लिनुपर्ने मा जाेड दिनुभयाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]