कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैयाकाे डेंगु उपचार सेवा आईतवार बाट विधिवत रूपा संचालनमा ल्याएको छ।
डेंगु उपचार सेवाको केन्द्र काे उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरेकाथिए। धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव भएर भुइमा बसेर संक्रमितहरुको उपचार भइरहेको अवस्थामा प्रदेश सरकारले २५ शैय्याको जेनरल बेड संक्रमितको उपचारको लागि ल्याएको मुख्यमन्त्री थापाले बताए । ‘डेंगु संक्रमितले भुईमा सुतेर उपचार गरिनुपर्ने अवस्थाकाे अब अन्त्य हुनेछभएकाे छ। मुख्यमन्त्री थापाले भने, ‘प्रदेश मातहतको अस्पतालमा अब निःशुल्क डेंगुको उपचार सुरू भएको छ ।’ मुख्यमन्त्री थापाले मन्त्रीपरिषदको बैठक बसेर धरानमा १ सय थान स्प्रेमेसिन पनि वितरण गरिएको कुरा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै यसप्रदेशका स्वाथ्य मन्त्री निर्मला तावा लिम्बूले महामारीकाे रुपमा फैलिरहेकाे डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागि परेको बताए । ‘यसअघि निःशुल्क किट वितरण गरेर प्रकोपको रुपमा फैलिएको धरानमा डेंगु परीक्षण हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले डेंगु संक्रमित विरामीको उपचारको लागि २५ शैयाकाे उपचार केन्द्र संचालनमा ल्याएका छौं । विरामीको चाप अनुसार बेड थप हुँदै जानेछ वताउनु भयाे। मन्त्री निर्मला तावा लिम्बू को सक्रियतामा डेंगु संक्रमणको उपचारका लागि संक्रामक रोग तथा सघन उपचार केन्द्र विराटनगर (साविक कोभिड १९ उपचार केन्द्र सेवा सञ्चालनमा आएकाे छ। आति छोटो समयमा स्वास्थ्य मन्त्रालयको सचिव डा.सुधा देवकोटा संचालनको व्यवस्थापन मिलाउनु भएकाे हाे। हालसम्म डेंगो संक्रिमितबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुरुष ६ र महिला पाँच रहेका छन् ।