विराटनगर ।भदाै २|जहदा गाउपालिक वडा न १स्तिथत रहेकाे महर्षी मेही आश्रमकाे सभाहलमा दयानन्द दिग्पाल विशेषाङ्क विषयक विचार गोष्ठी सम्पनभएकाे छ। प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने यस्तो ताउनुभएको छ ।
मिथिला टाइम्स आउर बुधनगर समाजको आयोजनामा सङ्गम अभियान एवम् दयानन्द दिग्पाल विशेषाङ्क विषयक विचार गोष्ठीमा प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । त्यसैगरी स्व.दयानन्द दिग्पालको उचित सम्मान, चर्चा तथा स्मृतिग्रन्थ प्रकाशन गर्न गाउपालिका नै लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री जयराम यादव, जहदा गाउँपालिका अध्यक्ष जितेन्दप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन,जहदा गाउँ पालिका वडा नं १ का अध्यक्ष वावुराम राजवंशी , लेखक दिनेश श्रेष्ठ, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, मैथली सेवा समितिको सभापति ई.फूलकुमार देव, वरिष्ठ पत्रकार रामरिझन यादव, पूर्व वडा अध्यक्ष प्रदिप यादव ,याेगेन्द्र प्रसाद यादव,जसपा का नेता दिनेश यादव लगायतका व्यक्तिहरूकाे उपस्थित रहेका थिए।
महर्षी मेही आश्रमका अध्यक्ष सदानन्द यादवले दयानन्द दिग्पालमाथि चर्चा तथा विमर्श गर्नुभएको थियो ।
कार्यक्रम जहदा १, बुधनगरमा भएको थियो ।