विराटनगर जनता समाजवादी पार्टी काेष समाजवादी ट्रेड यूनियन महासंघले २६ हजार रुपैयाँ मजदुरलाई तलव दिनुपर्ने माग सहित सरकारलाई ज्ञपानपत्र बुझाएका छन् । समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलकाे नेतृत्वमा सोमबार कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा मार्फत सरकारले मजदुरलाई २६ हजार ३ सय ४८ रुपैयाँ मासिक तलव पाउनुपर्ने ज्ञयापन पत्रमा उल्लेख रहेकाे छ। प्रधानमन्त्री कार्यालय सिंहदरवार, श्रम तथा राेजगार मन्त्रालय,श्रम तथा राेजगार कार्यालय विराटनगरलाई बाेधार्थ। दिईएकाे छ।
महासंघले मजदुहरूकाे हकहितको लागि अवाज उठाउदै आएकाे छ। भने ट्रेड यूनियन महासंघलेआफनाे माग पुरा नभएमा आन्दाेलनका कार्यक्रमहरू अघिसार्ने महासंका अध्यक्ष माे० नसरूलले जनाईएकाे छ समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री उद्धव थापाले आफु पनि मजदुरहरूको तलव वृद्धि हुनुपर्ने पक्षमा रहेको बताउनु भयाे ।
समाजवादी ट्रेड यूनियन महासंघ कोशी प्रदेश समितिका सचिव विकास मण्डल र जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिका कोषाध्यक्ष रुस्तम अली विद्यार्थी नेता राकेश यादव,हरिनारायण साह, शंकर साह ,सत्यनाराय यादव लगायतका मजदुर नेताहरु ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विराटनगरमा बुझाउन उपस्थिती रहेका थिए।