विराटनगर ,जनता समाजवादी पार्टी नेपाल महानगर समिति विराटनगर ले सम्मान कार्यक्रमकाे आयाेजनागरी नवनियुक्त स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिकाे उपाध्यक्ष मो. नसरुल काे अध्यक्षतामा नेताहरुले शनिबार जनता समाजवादी पार्टी माेरङकाे सभाहलमा एक कार्यक्रमका बिच मन्त्री लिम्बुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री लिम्बूले सम्मान समाराेहलाई संबाेधन गर्दै आफूले पाएको सम्मान तपाईंहरुकै देनरहेकाे भनी उपस्थित सबैलाई मन्त्री लिम्बूले सम्मान गरी आदर्श भावना काे विकास गर्नु भयाे । यस प्रदेशमा पार्टीलाई बलियाे बनाउनका लागि सबै तहका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा लागन अनुराेध गर्नु भयाे।
लिम्बु दोस्रो पटक यस प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सिदिना खातुन,जिल्ल सदस्य दिनेश यादव,वडा नं१७का वडाअध्यक्ष समिम कमर, १२नं वडाका वडा सदस्य कुसेशवर राजवंशी, लगायतका व्यक्तिहरूले भनाईराखेका थिए।जसपाका महानगर समितिका सह सचिव विकास मन्डल,हरिनारायण साह,अन्जु खडका,प्रिति झा,शंकर साह कमला शर्मा बदमिया साह,लगायतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेका थिए।जसपा महानगर समितिका उपाध्यक्ष माे० नसरूलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थिए।