विराटनगर मुकेश यादव। जेष्ठ ३१गते। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा आयुर्वेद सेवा सवलिकरणका लागि स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। मोरङ जिल्लाका आयुर्वेद संस्थाहरु रहेका स्थानीय तहका प्रमुख अध्यक्ष, वडा अध्यक्ष, स्वास्थ्य संयोजकहरुको सहभागितामा सम्पन्न भएकाे हाे। साे कर्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञयान वहादुर वस्नेतले आफनाे धारणा राखेका थिए। उत्त अन्तरक्रियामा । विराटनगर महानगरपालिका, जहदा गाउँ पालिका,मिक्लाजुङ गाउँ पालिका,कानेपोखरी गा.पा.,रंगेली न.पा.रतुवामाई न.पा.बेलबारी न.पा.लेटाङ न.पा.,उर्लाबारी न.पा.का स्वास्थ्य केन्द्र का प्रमुख,आयुर्वेद नागरिक आरोग्य केन्द्र का प्रमुख,स्थानिय तहका प्रमुख तथा जनप्रतिनिधि हरू लगाएतको सहभागिता थियो । आयुर्वेद नागरिक आरोग्य केन्द्र,आयुर्वेद स्वास्थ्य केन्द्र तथा आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ बारे जानकारी ,सेवा प्रवाह सम्बन्धी जानकारी तथा बार्षिक काय॔क्रम ,बार्षिक काय॔ उपलब्धि ,बार्षिक बजेट खर्च उपचार विधि तथा पद्वति बारे जानकारी दिइएका थिए। कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र का प्रमुख,आयुर्वेद नागरिक आरोग्य केन्द्र का प्रमुख,आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राई लगाएतले धारणा राखेका थिए।जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संञ्चालक समितिका अध्यक्ष अजम्बर राई को सभापतित्वमा जिल्ला समन्वय समिति मोरङको सभा हलमा सम्पन्न भएको थियो।