गर्मि विदा थप

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०

विराटनगर । अत्याधिक गर्मीका कारण गत १८ गते बिहीबारदेखि बन्द रहेका विराटनगर महानगरपालिकाका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु २३ गते मंगबारसम्म बन्द रहने भएका छन् ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।

महानगरपालिकाले अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई भएको एवम् विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै १८ गते र १९ गतेसम्म दुई दिन विदा दिने निर्णय गरेको थियो ।

विदाको समयावधि बढाउँदै महानगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराई क्षेत्रमा तातो हावा तथा लु लाग्ने सम्भावना रहेकोले सोबाट बच्नका लागि भन्दै थप तीन दिन विदा दिने निर्णय गरेको हो ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]