विराटनगर बैशाख ११कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिने स्वास्थ्य परीक्षण सेवा सातवटै प्रदेशमा उत्कृष्ट भएको आफुले देख्न चाहेको नयाँ सेवा शुभारम्भ तथा समुद्वघाटन कार्यक्रमका प्रमुख अतिथि तथा यस प्रदेश का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले यस्तो वताउनु भएकाे छ। शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो । आफ्नै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य परीक्षण सेवा शुरु गरेको प्रयोगशालाले निशुल्क सेवा दिईरहेको प्रदेशभर प्रचारप्रसारको कार्य गर्नका लागि पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो निजी स्वास्थ्य संस्थामा महंगो शुल्क तिर्न बाध्य भएका सर्वसाधारणलाई यहाँको सेवाकाे बारेमा थाहा भए धेरै राहत पुग्ने छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पहिलो पटक विशिष्ट सेवाहरूको शुभारम्भ तथा उद्घाटन कार्यक्रममा यस प्रदेशबाट प्रयोगशालाका जाँचहरुको लागि काठमाडौं वा भारत पठाउनु पर्ने समस्याकाे आजबाट अन्त्य भएको छ। कर्मचारीहरूको काम गर्ने उत्साहलाई प्रशंसा गर्दै धन्यवाद दिनु भयो।प्रयोगशालामा हेपाटाइटिस बी भाइरल लोड पिसिआर टेष्ट, हेपाटाइटिस सी भाइरल लोड पिसिआर टेष्ट, महिलाहरुको पाठेघरको क्यान्सर एचपीभी भाइरसको डिएनए पिसिआर टेष्ट, एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रोेवायोलोजी कल्चर सेवाको नयाँ परीक्षण सुरु भएको प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवले जानकारी दिनुभयो। प्रयोगशालाले विभिन्न रोगको अत्याधुनिक प्रविधिबाट परिक्षण गर्दै आईरहेको छ । कम जनशक्ति भएपनि सेवा प्रवाह उत्कृष्टरूपमा दिईदेआएकाे यादवको दावी रहेकाे छ ।
चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा करिव ४ करोड रुपैयाँ बराबरको निःशुल्क परिक्षण गरिएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जुनसुकै परीक्षणको रिपोर्ट नमूना संकलन गरेकै दिन दिने रिपाेर्ट दिईदै आएकाे छ ।’