प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन नगर्ने भएको छ ।
पुर्व निर्धारित आन्दोलनलाई कोशी प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलनलाई प्रदेश सभाको बैठक केन्द्रित गरी सो बैठकबाट प्रदेशको ‘कोशी’ नाम खारेज गराउने गरी र प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानसहितको पुन: नामकरण गर्ने गराउने गरी निर्णायक आन्दोलन गर्ने रणनीति बनाउँदै आन्दोलन केही समयका लागि सारिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।´