विराटनगर।चैत्र २६ गते। प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले जिल्ला अस्पताल धनकुटामा आकस्मिक अनुगमन गर्नु भएकाे छ।
अनुगमनको क्रममा यो भन्दा अगाडिका निर्देशन कार्यान्वयनको अवस्थामा संतोषजनक सुधार गरिएकोमा मेसु लाई धन्यवाद दिनुभयाे।
साथै अझै अस्पतालमा रहेका बेथितिहरूकाे बारेमा मेसु सँग गरिएकाे छलफल तथा अन्तरक्रियामा मेसुले पहिलेको भन्दा सुधार हुदै गएको र केही महिना पछि अस्पतालका मेसु अमिताभ ठाकुरले अस्पताल संचालन काक्रममा भएकाे कमिकमजाेरीलाई सुधारेर सर्वपक्षीय सुधार गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अश्वासन तथा प्रतिबद्धता जनउनुभएकाे हाे।
जिल्ला अस्पताल मा स्वास्थ्य मन्त्रीकाे छडके अनुगमनमा धनकुटाका प्रमुुख जिल्ला अधिकारी थामेश्वर गाेतमकाे पनि सहभागिता रहेकाे थियाे।