बारा चैत्र २५ गते। जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा-२ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा बारा २ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।
उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेता हुन् । उनी राजनीतिले खारिएका, विचार र दृष्टिकोणले परिपक्व एवम् अनुभवी नेता हुन्, सुमनले भने । मधेस र मधेसी जनतालाई कसैले राम्ररी बुझेको छ, जानेको छ भने त्यो उपेन्द्र यादव नै हो । त्यत्तिकै उनलाई मधेसको मसिहा भनिएको होइन, उनले भने ।
बारा-२ का उम्मेदवारहरु मध्ये केही राजनीति सिक्ने क्रममा छन् । केही विभिन्न घटनामा संलग्न भएर बदनाम छन् । उपेन्द्र यादव त्यस क्षेत्रमा उम्मेदवार बनेपछि त्यहाँ अरु उम्मेदवार को छ जनतालाई चासो समेत छैन, उनले यस्तो वताउनु भएकाे छ।