विराटनगर चेत्र २४- विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय मोरङ ,विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीसहित स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु शुक्रबार सचेतनामुलक र्यालीमा सहभागी भएकी थिइन। स्वास्थ्य सम्बन्धि सचेतना र्यालीमा सहभागी प्रदेश स्वास्थ्य मन्त्री लिम्बूले शारीरिक व्यायाम गर्न सल्लाहदिएकी हुन ।
विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण ८० प्रतिशत भन्दा बढी मानिसको मृत्यु भइरहेको तथ्यांक देखिएको भन्दै मन्त्री लिम्बूलेआगामी १० वर्षको अवधिमा नसर्ने रोगको कारण सतप्रतिशत मानिसको मृत्यु हुन सक्ने आकलन गरिएको तर्फ सचेत समेत गराईन
विराटनगरको देवकोटा चोक स्थित स्वास्थ्य मन्त्रालयबाट निस्केको र्याली देवकोटा चाेक,हुदै पुरानो डिएसपी कार्यालय नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरी पुनः स्वास्थ्यमन्त्रलायमा आएर समापन भएको थियो ।
र्यालीमा सहभागी लिम्बूले सडकमै स्वस्थ रहन शारीरिक व्याम आवश्यक रहेको सन्देश प्रवाह गर्न शारीरिक व्याम गरेकी थिईन ।