सरकारलाई दिएको समर्थन जारी छ। – अशोक राई

Logo
प्रकाशित आइतबार, चैत्र १९, २०७९

विराटनगर १९ चैत्र जनता समाजवादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले यस प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन जारी रहने प्रतिकृया दिनु भएकाे छ । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मी सँग कुरा गर्दै पार्टीका संघिय परिषद् अध्यक्ष तथा मन्त्री राईले यस प्रदेश सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताउनुभएकाे छ।
। मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा जसपा नेपालकि निर्मला तावा लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् । केन्द्रिय सरकारमा जसपा नेपाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सहित सत्ता गठबन्ध सँग आबद्ध रहेको छ ।

प्रदेश सरकारमा जसपा नेपालले एमालेलाई समर्थन दिएको छ ।केन्द्रिय र प्रदेश सरकारमा फरक फरक दलसँग किन गठबन्धन गरेको भनी सोधिएको प्रश्नको जवाफमा राईले भने प्रदेश सरकार केन्द्रिय सरकार मातहतको निकाय होइन । केन्द्र र प्रदेश सरकारको वेगला वेगलै महत्व रहेकाे छ । केन्द्र र प्रदेश अधिकार सम्पन्न संबैधानिक संस्था हो ।

केन्द्रमा एउटा दलसँग मिलेर सरकार गठन गरिएको छ भने प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दल सँग सुरक्षित रहेकाे छ । दलले पाएको संवैधानिक अधिकारको प्रयोग गरेर कोशी प्रदेशमा सरकार गठन गरेको छ । केन्द्रले प्रदेश सरकारमाथि हस्तक्षेप गर्न मिल्दैन । ९३ सदस्य कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ ।
माओवादी र राप्रपा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट नहटेसम्म सत्तागठबन्धनको यसप्रदेशमा सरकार बन्ने सम्भावना छैन । जटिल अवस्थालाई बुझेर जसपा नेपालका संघिय परिषद् अध्यक्ष तथा मन्त्री राईले प्रदेश सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिनेु पर्ने उनकाे भनाई रहेकाे थियोे ।जसमध्ये एतिखेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग ५९ सांसदको समर्थन छ । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरी ५९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । नेपाली कांग्रेससँग २९ र नेकपा एकिकृत समाजवादीसँग ४ गरेर ३३ सांसद विपक्षमा छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]