एमालेले सरकारबाट बाहिरिने

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

विराटनगर फाल्गुन १५ गते सत्ता साझेदार मध्येको ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

एमालेको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो ।

साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, जसपासहित ८ दलीय मोर्चा बनेपछि एमालेले विधिवत रूपमा आजसरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गते पुष १० गते प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सघाउँदै गर्दा माओवादीसँग आलोपालाे आधाकार्यकाल प्रधानमन्त्री हुने, सभामुख पद र राष्ट्रपति पद समेत आफूले पाउने शर्तमा समर्थन गर्दै एमाले दाहालकाे नेतृत्वको सरकारमासहभागी भएको थियो ।

एमाले–माओवादी समीकरणमा गठित सरकारमा सहभागी भएका मध्ये रास्वपा र राप्रपाले यस अघि नै सरकार छाडिसकेका छन ।

संवैधानिक प्रावधान अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमत्रीले ३० दिनभित्र संसदमा पुन: विश्वासको मतलिनुपर्दछ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]