वृक्षा रोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

विराटनगर फाल्नु ९ गते जनकपुर वन प्राविधिक समाज सँगको सहकार्यमा नेपाल भारत रेल यात्रु सहजिकरण समितिले वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल भारत रेल यात्री सहजीकरण समिति, एजुकेशन मेसेज मिडिया प्रा लि र नेपाल भारत सामाजिक सांस्कृतिक मञ्च को संयुक्त आयोजनामा आज बिराटनगर-१६, स्थित
दरेहया को छठ माई पोखरीमा वृक्षारोपण, अन्तरकृया तथा सम्मान कार्यक्रम समिति का अध्यक्ष राजेश शर्मा, प्रमुख अतिथि संघीय सांसद मा. योगेन्द्र (जोगी) मण्डल, विशिष्ट अतिथिहरु प्रदेश १का पूर्व स्वास्थ मन्त्री जयराम यादव, महानगरका उपमेयर शिल्पा निराला कार्की, प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की, जनकपुर वन प्राविधिक समाजका महासचिव सुरेश शर्मा, मोरङ जिल्ला वन अधिकृत अनिरुद्ध साह, जोगबनीका चेयरमेन रोहित यादव, अतिथिहरु वडा अध्यक्ष उद्धव भुजेल, वडा सदस्य हरु राजेन्द्र प्र. कामत र राधा तत्मा, सशस्त्र प्रहरी बलका इन्सपेक्टर बुद्ध श्रेष्ठ र एगिन राई, ई.प्र.का. रानी का इन्चार्ज रुपेश थपलिया, वृहत मधेसी नागरिक समाज का अध्यक्ष सूर्यनाथ प्र. सिंह, महिला नेतृहरु सदिना खातुन, जैमुन अन्सारी, मन्जु देवी शर्मा, समाजसेवीहरु अशोक मण्डल, श्याम मण्डल, संजिव मण्डल, भरत साह, अमित चौधरी, मदन तत्मा लगायत दर्जनौं समाजसेवीहरु एवं स्थानीय भद्रभलादमीहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न।
वृक्षा रोपण कार्यक्रमका लागि डिभिजन वन कार्यालय मोरङले बिरुवा प्रदान गर्नुभएको थियो । सम्पूर्ण अतिथिहरु लाई खादा र मायाको चिनो द्वारा सम्मान गरिएको छ।उक्त कार्यक्रममा विभिन्न प्रजातिका दर्जनौं बिरुवाहरू रोपी संरक्षणका लागि घेरा लगाईएको थियो। कार्यक्रम मा सल्लाहकार महेश साह स्वर्णकार, उपाध्यक्ष पवन साह, सचिव बिकास मण्डल लगायत व्यक्तिहरूकाे उपस्थित रहेका थिए। वृक्षा रोपण कार्यक्रम उत्साह जनक रुपमा समितिका संयोजक राजेश कुमार शर्मा को संयोजनमा समापन भएकाे छ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]