प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन दर्जन व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका छन्।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपांग महासंघ, बाल अपांग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचेयर वितरण गरेका हुन्।
ह्विलचेयर वितरण गर्दै मुख्यमन्त्री कार्कीले अपांगता रोकथामका लागि स्वास्थ्य सचेतना आवस्यक रहेकोमा जोड दिए। प्रदेश सरकारले अघिल्लो कार्यकालदेखि नै सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीयतहरुवीचको साझेदारीमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर सरकारले अपांगतामैत्री तथा भवन पूर्वाधार निर्माणका लागि नीतिगत व्यवस्था गरेको बताए। बिराटनगर । करुणा फाउन्डेसन द्वारा आयोजित ‘अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम अन्तर्गत ह्विलचेयर वितरण कार्यक्रममा प्रदेश १ कि स्वस्थ्य मन्त्री निर्मला तावा लिम्बू विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएकोछ। नागरिकहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथि काे हाथबाट ह्विलचेयर वितरण गरेका थिए।