विराटनगर फाल्गुन २गते जिल्ला स्वास्थ्य कार्यालय मोरङले फागुन ११ गतेदेखि जिल्ला भरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने कार्यतालिका सार्वजनिक गरेको छ। हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमकालागि जिल्ला स्वास्थ्य कार्यालय मोरङ संग सहकार्य गरेको साहारा नेपालको कार्यक्रम संयोजक गीता कार्कीले मोरङको सुनवर्सी नगरपालिकामा हात्तीपाइले रोग संयोजक गीता कार्कीले मोरङको सुनवर्सी नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नेहरुको तथ्याङ्क राख्न कार्ड लागु गरेको बताए । जसमध्ये जिल्ला स्वास्थ्य कार्यालय मोरङले जिल्लाको १७ वटै स्थानिय तह मार्फत सर्वसाधारणलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने कार्यतालिका सार्वजनिक गरेको छ ।
घरमा एउटा कार्ड उपलब्ध गराउने र पुरै परिवारले हात्तीपाइले रोग विरुद्धको आषधि सेवन गर्दा सबैको संख्या एउटै खाेप कार्डमा उल्लेख गर्ने कार्कीले बताए ।