स्थानीय तहहरूले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने

Logo
प्रकाशित शनिबार, माघ २८, २०७९

मोरङका स्थानीय तहका प्रमुख-उपप्रमुखहरूले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख-उपप्रमुखहरूले सो प्रतिबद्धता व्यक्त गरेका थिए।

स्थानीय तहका जनप्रतिनिधिहरूले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेतापनि सञ्चार क्षेत्रको खबरदारी आवश्यक रहेको बताए । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलीप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी चौधरी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाए । उनीहरूले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरूको पनि विवरणहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष सञ्जीव खनालले स्थानीय तहको योजना निर्माण प्रक्रियालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले बहस, छलफल र समाचारहरू प्रकाशन तथा प्रसारण गरेर विषयहरू उठाउन सहयोग गर्ने बताए । पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरूको योजना निर्माणलाई सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रस्तुत गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]