जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी ट्रेड यूनियन महासंघ प्रदेश नं. १ समितिले शनिबार विराटनगरमा एक दर्जनाे नेतालाई सम्मान गरेको छ ।
प्रदेश नं. १ सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु र १ नं. प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री तथा केन्द्रिय सदस्य जयराम यादवलाई पनि सम्मान छ । समाजवादी ट्रेड यूनियन महासंघ प्रदेश नं. १ समितिले शनिबार विराटनगरमा आयोजना गरेको आन्तरक्रिया तथा वनभोज कार्यक्रममा जसपा नेपाल, मोरङका अध्यक्ष तथा १ नं. प्रदेशका समिति उपाध्यक्ष राजकुमार यादव,
जसपा नेपालका केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड यूनियन महासंघका केन्द्रिय अध्यक्ष अर्जुन लम्साल नेपालका केन्द्रिय सदस्य जोगिलाल यादव, सन्जय सिंह, कुन्ता राई, किशान नेता मृत्युजय झा, जसपा नेपाल मोरङका सल्लाहकार पार्वती यादव, मजदुर नेता विकास मण्डल, प्रेस मञ्च नेपाल माेरङ अध्यक्ष मुकेश कुमार यादव, महेश्वर यादव ,प्रविण जैन जहदा गाउँ पालिका वडान ३ का वडा अध्यक्ष अनिल ठाकुर ,समाजवादी युवा सघ का जिल्ला अध्यक्ष सुशील यादव, समाजवादी महिला सघकि जिल्ला अध्यक्ष सदिनाखातुन गायतलाई सम्मान गरिएको थियो ।समाजवादी ट्रेड यूनियन महासंघ प्रदेश नं. १ समितिका प्रदेश अध्यक्ष नसरूल काे अध्यक्षता मा समपन्न भएका थिए।