विराटनगर माघ १९गते पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वताएका छन् ।नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले स्थापनाको डेढ बर्षमै आयोजना गरेको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ को समुद्घाटन समारोहका प्रमुख अतिथी शर्माले वताएका हुन ।
अहिलेको सरकार बनेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनहरु हुन थालेको ओलीले दाबी गर्दै सरकारले चालेका ठोस कदमका कारण अर्थतन्त्र सहि दिशामा अघि बढेको उनले बताए ।आर्थिक क्षेत्रको बिषयमा कुरा गरेर जुवारी खेल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुका उपयुक्त सुझावहरुलाई सरकारले ग्रहण गर्ने बताए ।विराटनगर राजनीतिक रुपमा जागरुक थलो भएको भन्दै आर्थिक रुपमा पनि अघि बढ्नुपर्नेमा जोड दिए । ओलीले विगतको सरकारलाई नालायक भन्दै आलोचना पनि गरे ।प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालकै प्रतिष्ठित उद्योगहरु प्रदेश १ बाटै सुरु भएको स्मरण गर्दै उनले औधोगिक क्षेत्रका समस्यालाई तीन तहका सरकार मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको २ बेग्लाबेग्लै खाली मैदानलाई घेराबेरासहित एउटै मैदान बनाएर सीएनआई कोसी एक्स्पोको आयोजना छ। अन्तर्राष्ट्रिय स्तरको औधोगित तथा कृषि प्रर्दशनीमा स्वदेशी उद्योगको उत्पादनलाई प्राथमिकता दिएको छ।परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, सुशिल जोशी, दिपक पौडेल र कोषाध्यक्ष गिरिस लुनियाँलाई एक्स्पो भव्य र ऐतिहासीक रुपमा सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी दिएको छ ।