जोशीलाई उत्कृष्ट भन्सार एजेन्टमा घोषणा

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

विराटनगर माघ ११ गते भन्सार विभागले विराटनगर भन्सार कार्यालयका एजेन्ट प्रविण जोशीलाई उत्कृष्ट भन्सार एजेन्ट घोषणा गर्दै सम्मान गरेको हाे । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विहिबार आयोजना गरेको कार्यक्रममा प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले जोशीलाई सम्मान गरेको हो ।विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले भन्सार विभागले जोशीलाई उत्कृष्ट भन्सार एजेन्ट घोषणा गरेर पुरस्कृत गर्दा आफु उत्साहित भएको शर्माले बताए ।जोशीले लामो समयसम्म विराटनगर भन्सार कार्यालयमा काम गर्दा जहिलेपनि उत्कृष्ट एजेन्ट कै रुपमा काम गरिरदै आए काे छ। जोशीको कामको प्रशंसा गर्दै भन्सार विभागले सम्मान गरेको हो ।भने जोशी सहित तिनजनालाई उत्कृष्ट एजेन्ट हरूलाई सम्मान गरेकाे छ।विराटनगर विराटनगर भन्सार कार्यालयका एजेन्ट प्रविण जोशी,विरगज भन्सार कार्यालयका एजेन्ट बालकृष्ण वस्ने ,भेराहवा भन्सार कार्यालयका एजेन्ट शिम न्याैउपाने उत्कृष्ट भभन्सार एजेन्ट घोषणा गर्दै सम्मान गरेको हाे । कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष हरिबहादुर खत्री, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्यायले जोशील वधाई दिएका थिए ।७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विहिबार भन्सार अधिकृत प्रेम सुवेदी, कम्प्यूटर अधिकृत अरुण पौडेल, नायब सुब्बा सुदर्शन ढुंगाना र लेकध्वज मादेङवा कर्मचारी चण्डिराज खत्री, उत्तम अधिकारी, यमबहादुर कार्की र भीमप्रसाद घिमिरेलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेको छ ।स्वतन्त्र भन्सार एजेन्ट प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

सत्ताव्यापी ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजेता र उपविजेता खेलाडीहरुलाई विहिबार कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइराला, सशत्र प्रहरीबल टंकीगुल्मका प्रमुख एसपी राजकुमार लामिछानेलगाय विभिन्न निकाय का व्यत्तिहरूकने उपस्थित रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]