प्रदेश१ काे मुख्यमन्त्री मा कर्की नियुक्त

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

विराटनगर पुस २४ गते प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार शपथ लिने भएका छन् । उनले प्रदेश प्रमुखले तोकेको समय सीमा भित्र ६० सासंदको समर्थनमा मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गरे । मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की आईतवार मुख्य मन्त्री मा नियुक्त भएकाछन।
कुन कुन दलको समर्थन ?
कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टी नेपालका १ गरी ६० प्रदेश सांसदको समर्थन गरेका छन् । यो समर्थन संख्या दुई तिहाईको सरकार भन्दा २ कम संख्या हो ।
संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त हुने प्राबधान अनुरुप कार्की मुख्य मन्त्री नियुक्त भएको हाे।।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]