विराटनगर, कार्तिक १७ गते । अन्तर प्रदेश स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगिता आज देखि विराटनगरमहानगर पालिका वडा नं. १४ स्थित पुरानो हवाई फिल्ड जतुवामा शुभारम्भ हुँदैछ ।सो पत्रकार सम्मेलन गरि जनाएको छ भने प्रतियोगितामा प्रदेश १ को उदयपुर, धनकुट्टा, झापा, मोरंग, सुनसरी जिल्लाका साथै मोरंग जिल्लाबाट आयोजकको तर्फवाट एउटा टीम सहभागी रहने छ भने मधेश प्रदेशको सप्तरी जिल्लावाट एउटा टीम गरी सातवाट टीमको सहभागीता रहने आयोजकले वताए ।
कार्तिक १७ गते देखि १९ गते सम्म कबड्डी उक्त प्रतियोगिताको शुभारम्भ स्थानीय १ सय वर्षिय जेष्ठ नागरिक धनीलाल यादवले दिउँसो १ बजे समुद्घाटन गर्नु हुने छ । पुरुष कबड्डी प्रतियोगितमा प्रदेश १ र मधेश प्रदेशका टीमहरुको सहभागीता रहने छ ।प्रतियोगितमा करीब ३ लाख ५० हजार खर्च हुनेवताए भने प्रतियोगित हेर्न ५ हजार दर्शकको सहभागीता रहने आयोजकले अनुमान गरेका छन् ।