कात्तिक १३ गते सप्तरी जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेस, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धले जोडेको बताएका छन् ।मधेसबाट मनाउन थालिएको छठ राष्ट्रि«य पर्वको रूपमा विकास भएकोमा खुशी व्यक्त गर्दै उनले भने –‘छठ पर्वले मधेस, पहाड र हिमाललाई सांस्कृतिक र भाइचाराको सम्बन्धले जोडेको छ, यो सम्पूर्ण नेपाली जनताको लागि खुशीको कुरा हो ।’सप्तरीको प्रतिनीधि सभा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका अध्यक्ष यादवले छठ पर्वका अवसरमा आइतबार राजविराज स्थित विभिन्न पोखरीको छठ घाटहरुमा अवलोकन गर्ने क्रममा यस्तो बताएका हुन् ।मधेसबाट शुरु भएको छठ पर्व जस्तै जसपा पनि देशैभरि फैलिएको बताउँदै उनले आगामी निर्वाचनपछि जसपा मधेस, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्ने उनलेदावी गरे ।संघीयतालाई असफल पार्न र उपेक्षित, उत्पीडित समुदायको पहिचान खोस्ने दुस्प्रयास भइरहेको जिकिर गर्दै उनले निर्वाचनमा जसपाका उम्मेद्वारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुले आफ्नो ताकत देखाउनु पर्नेमा समेत जोड दिए ।मधेस र मधेसी शब्द स्थापित हुनु, मधेस प्रदेश बन्नु र मधेसी जनताले आफूलाई गर्वका साथ मधेस प्रदेशको वासिन्दा भन्न पाउनु तत्कालीन मधेसी जनअधिकार फोरम हुँदै वर्तमानको जसपाको सफलता भएको अध्यक्ष यादवको भनाइ रहेकाे छ।