दुर्घटनाबाट जोगाउन तालमेल : राजकुमार यादवकाे भनाई

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

  1. विराटनगमाेरङ क्षेत्र नम्बर ५ का जसपा–एमाले साझा उम्मेद्वार राजकुमार यादवले मुलुकलाई दुर्घटनाबाट जोगाउन जसपा–एमाले चुनावी तालमेल गर्नुपरेको बताएका छन् ।जसपा र चुनावी तालमेल मुलुकको आवश्यकता रहेको जिकिर गर्दै यादवले भने –‘यो तालमेलमा सबै इमान्दार बन्नु पर्छ । किनभने केन्द्र र प्रदेशमा सरकार गठन गर्न एक सिटको पनि ठूलो महत्त्व हुन्छ ।’शनिबार दुवै पार्टीले विराटनगर १४ स्थित संयुक्त चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटनका क्रममा प्रतिनिधि सभाका उम्मेद्वार यादवले यस्ता बताएका हुन् ।  कार्यक्रममा बोल्दै यादवले  गठबन्धनको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्दै उनले चुनाव जितेर जानेहरुले जनताको सुख, दुःखमा साथ नदिएको उनले दावी गरे ।वर्तमान गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गर्दै यादवले भने –‘अहिले देशमा देखिएको आर्थिक संकट असफल अर्थमन्त्रीको कारण हो । यदि सत्ता गठबन्धनले फेरि पनि चुनाव जितेर सरकार बनायो भने मुलुक र जनताले थप संकट व्यहोर्नुपर्छ । हामी त्यो अवस्थालाई रोक्न चाहन्छौं ।’

मोरङ ५ को प्रदेश सभा (१) तर्फ एमालेका सन्तोष साह र मोरङ ५ को (२) मा जसपाका केन्द्रीय नेता जयराम यादव उम्मेद्वार छन् ।

प्रदेश १ को स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले कार्यालय उद्घाटन गरेका थिए भने एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले एमाले काे साथ छाता छाप,मतदान गर्न अहवान गरेका थिए।, कार्यक्रममा बोल्दै नेता थापाले एमालेबीच चुनावी तालमेल भएपछि सत्ता गठबन्धनको होस हवास् उडेको जिकिर गरेका थिए । नेता भूराज राईलगायतले मोरङमा जसपा र एमालेबीच चुनावी तालमेल भएपछि सत्ता गठबन्धनको होस हवास् उडेको जिकिर गरेका थिए ।त्यसेेेगरि विराटनगर वडा न१७मा घरमै  घरदैलो  गरिदे अाएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]