भारतबाट आउनेहरुलाई नाकामा छैन चेक-जाँच, व्यापारिकलाई छुट

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

विराटनगर भन्सार कार्यालय रानीले भारतको जोगबनीबाट किनमेल गरेर फर्किने नेपालीहरुलाई कडाई गरेकाे हाे । ३६५ दिन खुल्ला रहने नेपाल भारतको सीमामा रहेको जोगवनी बजारमा दैनिक हजारौ मानिसहरू करौडौं रुपैयाँ खर्च गरेर नेपाल फर्किने गरेकाे पाईन्छ । नेपालीहरूको महान चाड बडा दशैं र तिहारमा विराटनगर का व्यवसायीहरुलाई केही राहत हुन्छ की भनी सबै प्रतीक्षारत थिए । तर चाड पर्व नजिक आएर सकिन लागिसक्यो । तर दशैंको मौकामा अधिकांस देशकै विभिन्न ठाउँहरूबाट आउने नेपाली ग्राहकहरुको  रोजाईजोगबनी  बन्यो । धुमधाम साथ मनाउने चाड बडा दशैंमा नेपालीहरु अरु चाडपर्व भन्दा बढी खर्च गर्छन् ।यसपाली आर्थिक संकट का कारण देशको अर्थतंत्र डामाडोल अवस्थामा रहेको कुरा अझै चर्चामा छ। विराटनगरका व्यापारीहरु पनि आर्थिक शंकटका कारण धराशायी अवस्थामा रहेका बेला नेपाली ग्राहकहरुलाई नेपालमै किनमेल गर्ने वातावरण बनाई यसपाली आर्थिक संकट का कारण देशको अर्थतंत्र डामाडोल अवस्थामा रहेको कुरा अझै चर्चामा छ। विराटनगरका व्यापारीहरु पनि आर्थिक शंकटका कारण धराशायी अवस्थामा रहेका बेला नेपाली ग्राहकहरुलाई नेपालमै किनमेल गर्ने वातावरण बनाई दशैंमा लाखौं नेपाली ग्राहकहरु रानी नाकाको प्रयोग गरेर भारतको जोगवनीबाट किनमेल गरेर फर्किएका थिए। जसमा कही कतै कसैलाई कुनै पनि रोकटोक थिएन नेपाल सरकारले विदेशबाट ल्याउन प्रतिबन्ध लगाएको सामग्रीहरू व्यापारिक प्रयोजनको लागि जोगबनीबाट दैनिक २० लाख बढीको सामानहरू महिला तथा बाल बालिकाको प्रयोग गरेर मुख्य नाकाबाटै नेपाल भित्रयाउने व्यापारीहरुलाई भने कुनै पनि किसिमको रोक टोक नभएको देख्न सकिन्छ ।भारतबाट जसले जेसुकै ल्याए पनि भन्सार कार्यालयले वास्ता नगर्ने त्यतिकै छाडिदिने गरेको देखिन्थ्यो तर अहिले पनि भन्सार नाकामा कार्यालयले दुई जना अधिकृत खटाएर सर्वसाधारणहरुलाई मात्र लक्षित गरी चेक जाच तथा राजस्व असुली गर्ने कार्य भईरहेको देख्न सकिन्छ।विराटनगर भन्सार कार्यालय प्रमुख तारा सापकोटा भन्नु हुन्छ राजस्व लक्ष्य भन्दा काम संकलन भएर गुन्टा झिटी भारीको सूचना पुनः लागू गरिएको हो यसमा तिहार र छठ पर्वको समय परेको मात्र हो । भन्सार नाका बाट कुनै पनि तस्करीजन्य क्रियाकलाप हुन्छ भने तपाईंहरू पक्डेर भन्सार बुझाउनुस् भनी प्रतिक्रिया दिनुभयो ।।विराटनगर भन्सार कार्यालय प्रमुख तारा सापकोटा भन्नु हुन्छ राजस्व लक्ष्य भन्दा काम संकलन भएर गुन्टा झिटी भारीको सूचना पुनः लागू गरिएको हो यसमा तिहार र छठ पर्वको समय परेको मात्र हो । भन्सार नाका बाट कुनै पनि तस्करीजन्य क्रियाकलाप हुन्छ भने तपाईंहरू पक्डेर भन्सार बुझाउनुस् भनी प्रतिक्रिया दिनुभयो ।सीमावर्ती एरियामा रातिको १२ बजे देखि विहान चार बजे सम्म हुने बाहिरी मान्छेको शंकास्पद गतिविधि तर्फ समेत सुरक्षाकर्मीहरुको ध्यान जान सकेको छैन ।सोही विषयमा स्थानिय सँग प्रतिक्रिया लिँदा विराटनगर महानगर पालिका -१७ नं वडा का सदस्य मञ्जर आलम भन्छन् लाखौं राजस्व तिर्नुपर्ने सामान हजारको मूल्यांकन गरेर मुख्य भन्सार बाटै भन्सार अधिकृतहरुले पठाउँदै आएको कुरा प्रहरीहरुले धेरै पटक पक्राउ गरी राजस्व कार्यालय इटहरीलाई बुझाएको कुरा ले प्रस्ट हुन्छ । यो सर्वसाधारण जनतालाई दुःख दिएर आफ्नो काम कर्तव्य बाट जोगिने कार्या गरेकोे मात्र हो भन्सारले । आलम ले भने सरकारी सवारी साधनको दुरूपयोग गरेको विषयमा आवज उठाउँदा हाम्रो आवाज दबाउनको लागि भन्सारले आम उपभोक्तालाई दुःख दिनेगरेका छन् ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]