कांग्रेस–माओवादीले मधेसको शोषण मात्रै गरे ः अध्यक्ष यादव

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

  • कांग्रेस–माओवादीले मधेसको शोषण मात्रै गरे ः अध्यक्ष यादव
    ३ कार्तिक, राजविराज ।
    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेसी जनताको शोषण मात्रै गर्दै आएको दाबी गरेका छन् ।
    अन्य दलले मधेशलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेसलाई मुक्ति दिलाउने अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
    सप्तरीको महदेवा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बताए ।
    शोषित उत्पीडित जनताको हकअधिकार स्थापित गराउन आफूहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने –‘कांग्रेसलगायतका ठूला भनाउँदा पार्टीहरुले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन्, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो ।’
    पहिचान, स्वाभिमान, समावेशीता र समानताका लागि पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै उनले अबको वैकल्पिक शक्तिको रूपमा जसपा नेपालमात्र रहेको जिकिर गरे ।
    विकास सम्बन्धि मानवीय सूचकाङ्क अनुसार पछाडि परेका जिल्लाहरुमा सप्तरी देशमै तेस्रो र प्रदेशमा रौतहट पछि रहेको स्मरण गराउँदै अध्यक्ष यादवले भने –‘सप्तरी मेरो जन्मभूमि हो । यहिँको माटोमा जन्मेँ, हुर्कें र विद्यालयस्तरीय शिक्षा पनि यहिँबाट प्राप्त गरेँ । गत निर्वाचनमा यहिँबाट भारी मतले विजयी भएँ । अब पनि यहिँबाट विजयी भएर सप्तरीको विकास गर्नेछु ।’
    आफूले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, १ सय शैय्याको अस्पताललाई ४ सय २० शैय्यामा स्तरोन्नति गरेर सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माणलगायतका कामहरु गरेको उनले स्मरण गर्रा ।
    सचेत जनताले भ्रमको खेती गर्नेहरुलाई विश्वास नगर्ने भन्दै यादवले प्रश्न गरे –‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ । जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ?’

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]