विराटनगर प्रदेशको राजधानी हो। प्रदेश १ को एक मात्र सफा बन्दै विराटनगर,मेयर कोइरालाको भनाइ महानगरपालिकामा दैनिक ७० टन हाराहारीमा फोहोर निस्कने गरेको छ। महानगरपालिकामा कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान सुरुवात गरेको हो। भदौ पहिलो साता महानगर प्रमुख नागेश कोइरालाले अभियानको सुरुवात गरेका थियो। महानगरको विकास र समृद्धिका लागि आफूहरू रूपमा लागेको बताउँदै मन्दिर, मज्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको उनको भनाइ थियो। उपप्रमुख कार्कीले अभियान निरन्तर चल्ने छ।’ सडक सफाइ सुरु भएपछि सहभागिता बढ्दै जानुले थप हौसला मिलेको उनले बताइन्। विराटनगरको सफाइमा तीनवटा संस्थाले काम गर्दै आएका छन्। उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा उनीहरूले फोहोर व्यवस्थापनको काम गर्दै आइरहेका छन्। जनप्रतिनिधि सहित सहभागी सरसफाइ अभियान प्रभावकारी भएको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सिनाले बताए। विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले हरेक साता गरिने सफाईं अभियानले स्थानीयमा जागरण ल्याउने बताए।