विराटनगर- जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक् उपेन्द्र यादवको नाम क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष यादवसहित मोरङ ५ बाट राजकुमार यादव र नन्है मियाँको प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, नाम सिफारिस गरिएको जसपा मोरङका अध्यक् राजकुमार यादव ले जानकारी दिए। सिफारिस समितिको बैठकले क्षेत्र नम्वर ५ (क) मा पन्नालाल मण्डल, प्रमोद शर्मा र प्रकाश मण्डल गनगाई र प्रदेश (ख) मा जयराम यादव, अमृत महतो, दिनेश साह र मन्तलाल यादवको नाम सिफारिस गरेको अध्यक्षयादव ले जानकारी दिए। प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय अध्यक्ष यादव सो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। प्रदेश १ का स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए। मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ (ख) बाट निर्वाचित सांसद हुन्।सत्तारुढ गठबन्धनमा आबद्ध जसपाले मोरङ क्षेत्र नम्बर ५ मा दाबी गर्दै आएको छ।