विराटनगरमा राधाकृष्णको रथयात्रा

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

विराटनगर- विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा रथयात्रा मुल समारोह समितिका संयोजक कैलाश रेग्मीले बताए। र‍थयात्रा सुरु गर्नुअघि भगवान् श्रीराधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो। खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैलीको आधुनिक रथमा भगवान् श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष रेग्मीले बताए।विक्रम संवत १९८८ सालबाट सुरु भएको खटयात्रालाई २०२५ सालदेखि रथयात्रामा परिणत गरिएको हो। रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ तयार पारिएको थियो। विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ। र‍थयात्रा सुरु गर्नुअघि भगवान् श्रीराधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलनरहह

थियो। खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैलीको आधुनिक रथमा भगवान् श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष रेग्मीले बताए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]