वडा र स्वास्थ्यचौकीकोमेयर कोइराल

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

वडा कार्यालय र स्वास्थ्यचौकीहरूको कामकारबाही चुस्तदुरुस्त नभएको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक अनुगमन गरेका छन् ।उनले सोमबार विराटनगर वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरे । सो क्रममा जनगुनासो नआउने गरी काम गर्न वडा र स्वास्थ्यचौकीका कर्मचारीलाई निर्देशनसमेत दिए । वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारी समयमै नआउने, आएर पनि पूरै समय नबस्ने, स्वास्थ्य चौकीमा औषधि अभावलगायतका समस्यालाई लिएर बारम्बार जनगुनासो आएपछि अनुगमन गरिएको मेयर कोइरालाले बताए । “यो गुनासो एउटा वडामात्रैमेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

निर्वाचित भएर आएलगत्तै डुबान समस्या, फुटपाथ खाली गर्ने र चौपाया नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको महानगरपालिकाले वडा र महानगर मातहतका स्वास्थ्यचौकीको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गरेको छ ।स्थानीय नेतलाल साहले सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको समस्या सुन्नु राम्रो पक्ष भएको प्रतिक्रिया दिए । उनले दक्षिणी क्षेत्रका ३–४ वटा वडालाई सेवा दिने गरी स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन आग्रहसमेत गरे । अनुगमनका क्रममा सेवाग्राहीले स्वास्थ्य चौकीमा प्रेसर र सुगरको समेत औषधि नभएको गुनासो पोखेका थिए । मेयरले सम्बन्धित ठाउँमै पुगेर समस्या सुन्नुलाई सकारात्मक भएको स्थानीयले प्रतिक्रिया दिएका छन् । “यसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ,” स्थानीय सुनिता यादवले भनिन्, “मेयरज्यूले दल हाम्रो समस्या मजाले सुनिदिनु भयो । आशा छ अबदेखि स्वास्थ्यचौकीबाट राम्रो सुविधा पाइन्छ होला ।”

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]