विराटनगर महानगरपालिकाको वडा नं. १७ मा जनता समाजवादी पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ ।जसपाका समिम कमर झैंमियाले १ हजार ४५० मत प्राप्त गरी विजयी भएका हुन् । निकटत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरेका हुन् । आलम अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट वडा सदस्यहरुमा जसपाकै जाकिर आलम, मन्जर आलम, महिला सदस्यमा चुलियादेवी साह र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान निर्वाचित भएका छन् । विराटनगर महानगरपालिकाको ६ वटा वडामा जारी मतगणनामा वडा नं. १९ मा नेकपा एमाले प्यानलै निर्वाचित भइसकेको छ भने वडा नं. १, २, १६ र १८ को मतगणना जारी छ । वडाध्यक्ष रहँदा काँग्रेस प्रवेश गरेर उम्मेदवार बनेका थिए ।जनता समाजवादी पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ । जसपा ले विराटनगर महानगरपालिका मा खाता खोलेको छ।