विराटनगर। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गरिएको छ। निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३०गते गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ ।प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न ।निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न भने दिइने छ । मतदानको दिन वैशाख ३० गते भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको हो। निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताए।