विराटनगर ।जनता समाजवादी पार्टी नेपाल बाट बिराटनगर महानगरपालिका -१५ को उमेदवार मो.रुस्तम अलि को चार्चा स्थानिय स्तरमा निरन्तर समाजसेवामा सक्रिय असल क्षवि भएको व्यक्तित्त्व भनेर पहिचान बनाएको उमेदवार हो ।अलिको समर्थक तथा शुभचिन्तकहरु निरन्तर चुनाव प्रचार प्रसारमा लागेर घरदैलो तथा रैली कार्यक्रमहरु गरिरहेका छन् ।
अहिले जसपाबाट बिराटनगर १५ का वडा अध्यक्षको उम्मेदवार अलिको साथमा महिला सदस्य आशा देवी साह, ललिता देवी पासवान, अर्जुन कुमार साह र अशोक कुमार मण्डलको उमेदवारी रहेको छ ।जसापा नेपाल बाटै सो वडामा उमेदवार मो.असलम आलम निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय निर्वचनमा रुस्ताम अलि मधेशी जनअधिकार फोरम लोकान्त्रिक बाट उमेदवारभई थोरै मात को अन्तरबाट पछाडी परेका थिए । त्यसपछि नेपाली कांग्रेसमा समावेश भएका थिए लगत्तै नेपाली कांग्रेसकै मुसलिम जिल्ला सदस्य समेत भईसकेका अलि २०७८ फाल्गुन १४ गते नेपाली काँग्रेकालाई त्यागेर जसपा प्रवेश गरैका थिए।जसपा का उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ता हरू को सहभागिता रहेक थिए।