विराटनगर महानगरपालिकाको निर्वाचनका लागि केन्द्रीय गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा उपमेयर भागमा परेको जनता समाजवादीबाट अमरेन्द्र यादवले पनि सँगै उम्मेदवारी दर्ता गरेका हुन् ।
विराटनगर महानगरपालिकामा गठबन्धन दलले मेयर र उपमेयर दुवै पदमा पुरुष नै उम्मेदवार बनाएका हुन् । मेयरको उम्मेदवारी दिएका कोइरालाले विराटनगरबासीको चाहना अनुसारको विकासका कार्यक्रम ल्याउने बताए ।
उनले मेयरको टिकट पाउनका लागि लागिपरेका सबै आकांक्षीहरुसँग मनमुटाव नराखीकन सल्लाह गरेर अघि बढ्ने जानकारी दिए । उपमेयरमा उम्मेदवारी दिएका जसपा विराटनगर महानगर समितिका अध्यक्षसमेत रहेका यादवले गठबन्धन बाध्यताको उपज नभएको बताए । सबै मिलेर काम गर्ने प्रतिबद्धता जनाए
कांग्रेसबाट उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने क्रममा निवर्तमान मेयर भीम पराजुली, अर्का आकांक्षी अमृत अर्याल लगायत संस्थापन पक्षबाट मेयरका आकांक्षी रहेका नेता कार्यकर्ताहरु भने उपस्थित भएनन् ।
AUTHOR
AUTHOR