मन्त्री यादव द्वारा एकसय दिने प्राथमिकता सार्वजनिक

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

विराटनगर ।प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ मन्त्री यादवले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुवाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य वीमा वोर्डको प्रदेश नं. १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, मेची अस्पताललाई २ सय शैयामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्वन्धिको निर्देशिका स्वीकृतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने रहेको छ
।उहाँले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा ब्यवस्थापन गर्ने, कोभिड १९ को अवस्था, खोप लगायतका सम्पूर्ण जानकारी नियमित रुपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेश भित्रका अस्पतालहरुसँग सम्झौता गरि कार्यक्रम संचालन गर्ने व्यवस्था गर्ने, स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुको कर्मचारी दरवन्दीको अवस्था अध्ययन गरि रिक्त पद परिपुर्ति गर्न सम्वन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीहरुको रिक्तपदको विवरण संकलनगरि लोक सेवामा पठाईने,भने बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवस्यक मार्गदर्शन तयार गर्ने लगायत रहेको प्राथमिकता सार्वजनिक गर्नुभएको छ ।
त्यसैगरि स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाहरुको कार्य विवरण तयार गर्ने,र प्रादेशिक आर्युवेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढिकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी, इनरुवा अस्पताल र गाइघाट अस्पताललाई आकस्मीक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवलेसाे पत्रकार सम्मेलन वताए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]