विराटनगर । फाल्गुण१४गते । नेपाल मुस्लिम संघ मोरङका जिल्ला सदस्य मोहम्मद रुस्तम जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन।जसपा इकाई समिति विराटनगर १५ ले आयोजना गरेकाे समायाेजन तथा पार्टी प्रवेश कार्यक्रमका बीच नेपाली काँग्रेसका भातृ संगठन मुस्लिम संघका जिल्ला सदस्य रुस्तम,अलिकाे नेतृत्वमा अनुमानित पाँच सय जना सहित जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन्। प्रदेश १का स्वास्थ्य मन्त्री जयराम यादवले,खादा र माला लगाई पार्टीमा प्रवेश गराएकाे हाे ।
साे कार्यक्रममा जसपाका केन्द्रीय सदस्य भोगेन्द्र यादव,नन्हे मियाँ,भुराज राई,र जसपाका माे०जिल्ला अध्यक्ष एवम प्रदेश उपाध्यक्ष राजकुमार यादव,नगर अध्यक्ष अम्रेन्द्र यादव, पुर्व जिल्ला अध्यक्ष उमेश यादव ,नगर उपाध्यक्ष माे० नसरुल, जिल्ला कार्यकारिणी सदस्य मन्तलाल यादव, युवा नेता राकेश रोशन यादव महिला नेतृ सदिना खातुन प्रिति झ विकास मण्डल लगायतका नेताहरूकाे काे उपस्थिति रहेका थिए। जसपाकाे इकाई समिति विराटनगर १५ काे समायाेनमा गाेपाल साहाकाे नेतृत्वमा ४१सदस्यीय समिति समायाेजनमा गठन भएकाे छ। ।