विराटनगर। विराटनगरको दरैया बस्तीस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको कपडा तथा जुत्ता बुधबार बरामद भएको हो ।प्रहरीले २२ हजार ८०० मूल्य बराबरको उनीको टप्स, ८२ हजार रुपैयाँ मूल्य बराबरको टप्स, स्पोर्टस् तथा छालाका जुत्ताहरु बरामद गरेको हाे। प्रहरी सहायक निरीक्षक दिलकुमार पन्तले वताए।
लाँदै गरेको सुँगुरका पाठा बरामद गरेको छ । दिउँसो एक बजेको समयमा प्रहरीले ४८ हजार मुल्य बराबरको ६० वटा सुँगुर पाठा बरामद गरेको हो ।
प्रहरीलाई देखपछि सुँगुर पाठा छोडेर तस्करी गर्ने व्यपारीहरू भागेका थिए भने सो सामान प्रहरीले बरामद गरि आवश्यक कारबाहीको लागि आन्तरिक भन्सार कार्यलय बुझाइएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी निरिक्षक पन्तको कमाण्डमा खटिएको टोलीलाई देखेर तस्करी गर्दै आएका व्यक्तिहरु सामान छोडेर भागेका थिए ।