प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भइरहेको मन्त्री यादवकाे भनाईरहेकाे छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको मन्त्री यादवलेबताउनुभयो । मन्त्री का स्वकीय सचिव देवेन्द्र यादवले वताए।