विराटनगर ।प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका छन्।
निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । उनले कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग पनि सम्पर्कमा रहेका छौ ।
त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए । जनशक्ति अभावका कारण इलाम अस्पतालमा केही समयअघि मात्रै भेन्टिलेटर ल्याईयो अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीको समयमा पनि जनशक्ति अभावको कारण भेन्टीलेटर सञ्चालनमा आउन सकेको थिएन। सञ्चालनमा ल्याउनका लागि पहल गर्ने मन्त्री यादवकाे भनाई रहेकाे छ साथे स्वास्थ्य चाैकि हरूकाे पनि अनुगमन गरेका थिए।।मन्त्री का स्वकीय सचिव देवेन्द्र यादवले वताए।