अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने समाजिक विकास मन्त्री ‌ःयादव

Logo
प्रकाशित शनिबार, मंसिर १८, २०७८

विराटनगर मुकेश  यादव।प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताएका छन् ।  अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफू सँधै सकारात्मक रहेको पनि मन्त्री यादवले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज आयोजना गरेको प्रभात फेरी  कार्यक्रममा मन्त्री यादवले सो कुरा बताए । ‘शारिरीक रुपमा समस्या भएपनि उहाँहरु मानसिक रुपमा तेज हुनुहुन्छ,’ मन्त्री यादवले भने । अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै मन्त्री यादवले  दुःख व्यक्त गरेका छन्।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपाङ्गता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताइन् । उनले दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्तिहरुले गरेको उपलब्धीलाई बृहत् रूपमा स्थागत गर्ने दिन पनि भएको बताइन् ।अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट सुरु भएको रर्यालीले नगरका विभिन्न भागको परिक्रम गरि जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भई प्रभात फेरि सम्पन्न भएका  थिए।साे समाजिक विकास मन्त्री का स्वकीय सचिव देवेन्द्र यादव वताए।

 

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]