- प्रदेश १ का समाजिक विकास मन्त्री जयराम यादवलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश १ समितिले एक समारोह आयोजना गरी मन्त्री यादवलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी फोरम नेपालका प्रदेश अध्यक्ष हरिशंकर प्रसाद साह महासचिव कृष्णलाल यादवले दोसल्ला ओढाएर सम्मान गरे । मन्त्री यादवलाई सम्मानपत्र पनि दिइएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वास्थ्यकर्मीहरूका समस्याहरुका बारेमा आफू अवगत रहेको तर समाधानका लागि प्रदेश सरकारले समन्वय बाहेक धेरै गर्न सक्ने अवस्था नरहेको बताए । उनले स्वास्थ्यकर्मीका समस्या गरेकाे लागि संघीय सरकारसँग समन्वय गरी पहल भने गर्न सकिने उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव रहेको, भएका जनशक्तिको उचित कार्यविभाजन नभएको आदि समस्या भएकोले त्यसको समाधानका लागि पहल गर्ने उनको भनाइ थियो । उनले संघीयतालाई बलियो बनाउने गरी सरकारले आफ्ना अधिकारहरुलाई प्रदेश तथा स्थानीय तहलाई अधिकार हस्तान्तर गर्दै गएमा समाधान गर्न सहज हुने बताए ।साे कार्यक्रम मा स्वास्थ्यकर्मी फाेरम नेपालका माेरङ अध्यक्ष राजकुमार दास स्वास्थ्यकर्मी फाेरम का प्रदेश अध्यक्ष हरिशंकर प्रसाद शाह,स्वास्थ्यकर्मी फाेरमका कृष्ण लाला यादव लगायले स्वागत शुभकामना मनतव्य व्यक्त गरेका थिए। भने स्वास्थ्यकर्मी फाेरम सुनसरी, स्वास्थ्यकर्मी फाेरममाेरङ ,र स्वास्थ्यकर्मी जिल्ला समिति झापा छुट्टाछुट्टै सम्मान पत्र दिएर खादालगाई सम्मान गरेका थिए।