प्रदेश१आईटीएफ तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका अवसरमा विराटनगरमा खेलाडी तथा प्रशिक्षकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्मान गरेका हुन् । तेक्वान्दोमा मोरङका राजेन्द्र धिमाल प्रदेशकै उत्कृष्ट प्रशिक्षक र मोरङकै नितेश खवास उदियमान प्रशिक्षक घोषित भएका छन् ।
आईटीएफमा प्रदेश १ कै उत्कृष्ट जिल्ला सुनसरी बनेको छ । मोरङको कानेपोखरी डोजाङलाई पनि उत्कृष्ट घोषित गर्दै सम्मान एवं पुरस्कृत गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारसँग बजेट अभाव रहे काले खेलकुदको विकासका लागि योजना बनाएर अघि बढ्ने बताएका छन् ।