बालबालिकाको भविष्य सुधार्न अभिभावक तथा शिक्षकहरूको दुवै काे भूमिका रहने ःमन्त्री यादव

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८

विराटनगर ÷ प्रदेश १का सामाजिक विकास मन्त्री जयराम यादवले बालबालिकाको भविष्य सुधार्न अभिभावक तथा शिक्षकहरूको दुवै काे भूमिका रहने बताएका छन् ।
विराटनगर–१४ स्थित श्री जनता बाल आधारभूत विद्यालकाे अायाेजनामा आयोजित सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै देशको भविष्य बालबालिकासँग जाेडिएकाले उनीहरूको भविष्यमा ध्यान दिनुपर्नेमा जोड दिए । मन्त्री यादवले पछिल्लो समय बालबालिकाहरू कुलतमा लाग्ने र सामाजिक विचलनको बाटोमा हिंड्ने प्रवृत्ति बढेकाले त्यसलाई न्यूनीकरण गर्न अभिभावक र शिक्षक शिक्षिकाहरूले उनीहरूको दैनिकी र शिक्षादीक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री यादवले राम्रो र गुणस्तरीय शिक्षाका लागि निजी स्कुलहरूकै भरपर्नु नपर्ने बताउँदैै सरकारी विद्यालयहरूमा पढेका विद्यार्थीहरूले समेत समाजमा उच्च र राम्रो स्थान हासिल गरेको प्रशस्त उदाहरणहरू रहेको बताए । पछिल्लो समय अनेकौं सरकारी विद्यालयहरूले राम्रो सफलता हासिल गर्दै गएको उनको भनाइ थियो । कार्यक्रमकाबीच मन्त्री यादवलाई विद्यालयले सम्मान गरेको थियो । मन्त्री यादवलाई विद्यालयका प्रधानाध्यापक राजेशप्रसाद यादव, व्यवस्थापन समितिका अध्यक्ष प्रमोद यादव र विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवलगायतले कदरपत्र र दोसल्लासहित सम्मान गरे ।साे सम्मानमा स्थानीय  वुद्वी जिवि स्थानीय  व्यत्तिहरूकाे उपस्थिति रहेका थिए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]